दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ईङवा हाइड्रोले १९ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं । ईङवा हाइड्रोपावरले कूल १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको सो मात्राको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्न लागेको हो ।

सो प्रयोजनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।

उक्त नियुक्ति सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोको तर्फबाट सञ्चालक सतिश न्यौपानेले हस्ताक्षर गरेका हुन् । ईङवा हाइड्रोले ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १० : ०४ बजे