एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

माधव नेपालले यसकारण प्रधानमन्त्रीलाई बिश्वासको मत दिनुपर्छ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत लिने निर्णय गरेपछि एमालेभित्रकै माधव नेपाल समुहले के गर्ला भन्नेमा विभिन्न आंकलन आएका छन् । सांसदबाट सामुहिक राजिनामा, बैठकमा फ्लोरक्रस वा अनुपस्थित रहने खालका बिकल्पमा उहाँहरुबीच छलफल चलिरहेको समेत बाहिर आएको छ । तर अव समय धेरै छैन । बैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्नुअघि सम्ममा माधव नेपाल समुह यसबारे निर्णयमा पुग्नैपर्छ । माधव नेपालले पार्टीले उठाएको राष्ट्रियसभाको उम्मेद्वारबिरुद्ध बिपक्षीसँग बैठक गर्दै उनीहरुकै उम्मेद्वारलाई अघि सार्नुले केही संकेत भने गरेको छ । त्यसोत् माधव नेपालसँग रहेका तर उदण्ड केहीका तर्कले आफूहरु पनि डुब्ने, एमाले पनि डुवाउने र देशलाई नै भड्खालोमा जाक्न तयार रहेका जस्ता बाँदरे भनाइ अघि सारेका छन् । ती कतिपय टिप्पणी योग्य पनि छैनन् ।

यहाँ मुलत माधव नेपाल र उनीसँग रहेको देश र जनताप्रति उत्तरदायी समुहले के गर्दा हुन्छ भन्नेमा दुई सल्लाहासहितको चर्चा गरिएको छ ।

अव २७ गते एउटा दृष्य प्रष्ट पार्छ । माधव नेपालले प्रचण्डसँग लागेर नेकपाभित्र किन रडाको गर्नुभएको थियो, उहाँ के चाहनुहुन्थ्यो भन्ने प्रमाणित हुने दिन पनि २७ गते नै हो ।

पहिलो दृश्य हेरौं । यदी माधव नेपाल र उहाँले भनेको मान्ने समुहले आफ्नो पार्टीका अध्यक्ष प्रधानमन्त्री रहेको सरकारलाई बिश्वासको मत दिनुभएन, त्यसको सोझो अर्थ हुन्छ उहाँ एमालेभित्र रहन सक्नुहुन्न ।  पार्टीका अध्यक्षले प्रधानमन्त्रीम बिश्वासको मत माग्ने तर पार्टीका बरिष्ठ नेता हुँ भन्नेले विश्वासको मत नदिने भनेको एमाले सिध्याउने योजनाका अगुवा कार्यान्वयनकर्ता बन्नु हो । त्यसो गरेपछि स्वभाबिक रुपमा उहाँसहित सबै सांसदलाई पार्टीले कारवाही गर्छ । त्यो कारवाही कठोर हुनुपर्छनै ।

बैशाख २७ मा प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपनि, फलेरक्रस गरेपनि र त्यसअगावै सामुहिक राजिनामा दिएपनि त्यो पार्टी र नेतृत्वप्रति घात हो । त्यसो गर्नेलाई सांसद र पार्टीको साधरण सदस्यबाट समेत निकाल्नुबाहेक ओलीसँग अर्को बिकल्प छैन । अहिलेसम्म माधव नेपालहरुले यही बाटो समातेको देखिन्छ । यसले अन्तत माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायतका नेताको दुर्भाग्यपूर्ण राजनीतिक अवशान हुन्छ । अरु सम्भावना बाकेका योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतका नेताहरुले पनि यही आत्माघाती बाटो समाउने हो भने सम्भावना हुँदाहुँदै राजनीतिक रुपमा निवृत भएको स्वघोषणा गर्नुपर्ने अवस्था आउँछ ।

आफूले एमाले बनाएको, कसले निकाल्न सक्छ मलाइ एमालेबाट भन्दै सार्वजनिक रुपमा घमण्ड र कुण्ठा एकैपटक व्यक्त गर्ने माधव नेपालले एउटा कलंक बोकेर उतरार्धको निश्क्रिय जीवन बिताउने अवस्था आउँछ । सारा गल्ती आफू गर्ने, ओलीलाई साधरण सदस्यबाट समेत निकाल्ने, प्रचण्डका हवल्दार भएर दायाँबायाँ हिड्ने नेपालले एमाले ब्युँतिएपछि अलिकति गल्ती समेत महसुस नगर्ने भनेको घोषित मिसनतर्फको यात्रा हो । त्यो भनेको एमालेलाई कमजोर पार्ने । तर माधव नेपालले बुझ्दा हुन्छ, नेपालको कम्युनिष्ट मुलधार फेरीपनि एमालेनै हो। र, त्यो माधव नेपालविनाको एमाले हुनसक्छ । 

यो पनि खरावभन्दा खराव बाटोतर्फको विकल्प हो, जहाँ माधव नेपाल पनि सकिन्छन्, उनका समुहका सबै सकिन्छन् । एमालेलाई घाटा त पर्ला तर आउने चुनावसम्ममा त्यो घाटा पूर्ति हुन्छ । किनकी एमालेसँग जनताका जाने एजेण्डा छन्, अरुसँग छैनन् । झन माधव नेपाल कुन पार्टीबाट के भन्दै जनताका जानुहुन्छ होला, सोच्दा नै सहानुभूतिमात्र दिन मन लाग्छ । 

त्यसो भए सवै सकिएको हो त ? हैन । बल फेरीपनि माधव नेपालकै कोर्टमा छ । अहिले माधव नेपाल र उहाँको समुहका नेताले प्रधानमन्त्री ओलीलाई बिश्वासको मत दिएको खण्डमा सरकार अर्को निर्वाचनसम्म रहन्छ । किनकी महन्थ ठाकुर र राजेन्द्र महतोले पनि आफ्नो समर्थन दिनुहुन्छ । माधव नेपालले विनाशर्त बैठकमा सहभागि भएर ओलीको पक्षमा मत हाल्दा त्यसका सकारात्मक सहउत्पादन धेरै छन् । पहिलो त, माधव नेपालले  ओलीको सरकार टिकाइदिएको भन्ने  सन्देश पार्टीपंक्तिमा जान्छ । त्यसको सबैतिरबाट प्रशंसा हुन्छ । किनकी कार्यकर्ताले माधव नेपाललाई मायाँ गरेका हुन, उहाँको प्रचण्डको कार्यकर्ता भन्ने चाहनाको मात्र बिरोध गरेका हुन् ।

स्वयंम माधव नेपालले शानकासाथ भन्न पाउनुहुनेछ– तपाइले किनारा लगाउन खोज्नुभएको थियो, तर म किन पार्टी छाडेर जान्थे । मैले तपाईलाई टिकाएको हो, फेरी यही पाटीभित्र बसेर संघर्ष गर्ने हो । त्यस्तै, सार्वजनिक भाषण गर्न पनि माधव नेपालले पाउनुहुनेछ । यसको अर्को प्रत्यक्ष लाभ पनि छ । सरकार टिकेपछि स्वभाबिक रुपमा प्रधानमन्त्री ओलीले माधव नेपाल र उहाँको समुहलाई धन्यवाद दिनुपर्छ । त्यसले पार्टी एकताको सकारात्मक आरम्भ गर्छ । सरकार कायम रहेपछि बीस महिनाभित्र निर्वाचन गराउने हो । बीसमहिना भनेको पर्याप्त समय हो एमालेलाई पुन एकिकृत पार्ने र अझ बलियो बनाउने । २० महिनाभित्र नेताहरुको इगो, व्यक्तित्वको टकराव पनि समाप्त भएर जान्छ । 

अर्थात् बिश्वासको मत दिनुभयो भने वार्ता, संवाद, झगडा र एकताका लागि अरु न्युनमतपनि १८ महिना नेताहरुका लागि रहन्छ । त्यसैले अहिले माधव नेपालले आफ्नो सरकारबिरुद्ध संसदको उपयोग गर्ने होइन कि बिश्वासको मत दिएर पार्टी एकतातर्फको बाटो समात्ने हो । त्यसोभयो भने पार्टीभित्रको आन्तरिक युद्ध माधव नेपालले जित्नुहुनेछ । यतातर्फ माधव नेपाल र उहाँका साथमा रहेका सांसद र नेताको ध्यान जाओस् । सम्झिनुहोस् त नयाँ पार्टी खोलेर कहिले एमाले जस्तो बनाउने ? एमाले र सूर्य लिएर ‘मै पनि एमाले, सही पनि एमाले’ भन्ने गीत गाउँदै मत मागेको तपाइ अर्को पार्टी र गिलास वा साँढे वा यस्तै चुनाव चिन्हमा कसरी मत माग्न सक्नुहुन्छ ? किन जनतालाई तपाईले नामै नसुनेको पार्टी र चुनाव चिन्हमा मतदान गर्छन् ? घनश्याम भूषाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट कमरेड, सोच्नुहोस् – आउने दृश्य । जनताको डरलाग्दैन र एमालेको मायाँ लाग्दैन भने, बदला लिनुहोस् ओलीसँग र नदिनुहोस् बिश्वासको मत । 

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ०५ बजे