दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० कायम 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । 

छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । 

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ९०० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ९० हजार ८०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ  । चाँदी सोमबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो ।  

नेपाल सुनचाँदी तथा रत्न आभूषण व्यवसायी महासङ्घका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलवार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए । 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : ५१ बजे