‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमाले र काँग्रेस मिलेर अघि बढन प्रधानमन्त्रीको देउवालाई प्रस्ताव 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी नेता कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।

बुढानिलकण्ठस्थित देउवा निवासमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल भएको छ । देउवालाई भेट्न प्रधानमन्त्री ओलीसहित एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बुढानिलकण्ठ जानुभएको थियो ।

बैठकपछि नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य मान्यताका लागि सँगै लडेका दलहरुबीच सहकार्य गर्नुपर्नेमा जोड दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले मिलेर अघि बढन सके राजनीतिक निकास निस्कने बताउनुभएको थियो । साथै प्रधानमन्त्री ओलीले आफुलाई विश्वासको मत दिन आग्रह गरेकोमा सभापति देउवाले ओलीलाई विश्वासको मत दिन नसक्ने बताउनुभएको डा. महतले पत्रकारलाई भन्नुभयो । भेटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायत सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : २७ बजे