थप १ हजार ९६ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९  हजार ९१६ जनामा परिक्षण गर्दा १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको हो ।   यस्तै, आज थप १ हजार ४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३०५     पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ०२ बजे