विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ

पर्सा – वीरगंज महानगरपालिका-१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका-३ ठेगाना भएका २३ वर्षीय मोहम्द आशिक र सोही ठाउँ ठेगाना भएका २३ वर्षीय आनिष हवारी रहेका छन् । सोही महानगरपालिका-१५ चालिस फिट्टे सडक अगाडिबाट असोज १३ गते उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ बनाई चलाइरहेको अवस्थामा वीरगंज महानगरपालिका-१६ बसपार्कमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुले नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरु उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : ४८ बजे