दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बंगलादेशमा हिन्दू र मुस्लिम समुदायबीच साम्प्रदायिक हिंसा

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ । मुसलमान समुदायमा आबद्ध व्यक्तिले हिन्दूका ६६ ओटा घर भत्काइदिएका छन् ।

गत साता दुर्गा पुजाका क्रममा हिन्दूले मुसलमानमाथि कथित निन्दा गरेको र सामाजिक सञ्जालमा अपमानजनक पोस्ट गरेको भन्दै त्यहाँका मुसलमान अल्पसंख्यक हिन्दूमाथि जाइलागेका थिए ।

पछिल्लो पटक राजधानी ढाकाबाट २२५ किलोमिट टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी गरेका थिए । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि मुसलमान समुदाय हिन्दूका घरमा आगजनीमा उत्रिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ती व्यक्तिको घरमा सुरक्षा गरिरहेका बेला आक्रमणकारीले उनको घरनजिकैका अन्य घरमा आक्रमण गरेको थियो । बंगलादेशको अग्नि नियन्त्रक कक्षका अनुसार माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओटा किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेका छन् ।  

दुर्गा पूजाका क्रममा चित्तागोङको कुमिलामा मुस्लिम धर्मगुरुमाथि निन्दा गरिएको कथित आरोपपछि धार्मिक तनाब बढेको थियो । आक्रमणकारीले कुमिला, चन्दपुर, चाटोग्राम, कोक्स बजार, बन्दरबान, मउलिभीबजार, गाजीपुर, फिनीलगायतका जिल्लाका हिन्दू मन्दिरमा हमला गरेको बंगलादेश प्रहरीले जनाएको छ ।

-एजेन्सी

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : ०३ बजे