बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ – आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो । 

    अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरुबीच बाटोमै अलपत्र परेका छन् ।

रासस

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ४० बजे