साफ यू–१७ च्याम्पियनसिप आजदेखि

५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ९१ सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ८७४ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १७ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८।६ प्रतिशत रहेको छ । 

पछिल्लो २४ घण्टामा ९ सय ३७ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमित सात लाख ८२ हजार ३९३ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ । 

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २९३ जनाको निधन भइसकेको छ । 

त्यसैगरी आज २७ हजार ७०१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८४ लाख १५ हजार ६७ जनाले पहिलो मात्रा र ६४ लाख ७० हजार १९५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 
 

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : ५४ बजे