विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आपसी झगडामा कुटपिट हुँदा १ जनाको मृत्यु

काठमाडौं – छथर गाउँपालिका-३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको छ ।

उनीहरुबीच आफ्नै घरमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोबिन्द बहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै वेहोस अवस्थामा रहेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा अस्पताल रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : ४७ बजे