साफ यू–१७ च्याम्पियनसिप आजदेखि

फुटबल प्रशिक्षक अल्मुताइरी नेपाल फर्केनन्

काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । तर, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल नफर्की कुवेत प्रस्थान गरेका छन् ।

अल्मुताइरी माल्दिभ्सबाटै घर फर्किएका हुन् । उनी पारिवारिक कारण स्वदेश फर्किएको बताइएको छ । उनले साफको फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए । अल्मुताइरीले नेपाल नफर्किने संकेत गरेका छन् । 

आज स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थल पुगेका थिए । यस्तै, फुटबल समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : १९ बजे