‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रियसभाको उपचुनावमा हुनेभयो  ‘एमाले–एमाले’ वीच नै भिडन्त

काठमाडौं । राष्ट्रियसभाको रिक्त एक सिटका लागि जेठ ६ गते हुने उपनिर्वाचनमा एमाले–एमालेवीच भिडन्त हुने भएको छ । उपनिर्वाचनका लागि नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेद्वार बनाउने बताइरहेका बेला  वीपक्षी माओवादीसहितका गठबन्धनले  एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा। खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति गरेका छन् । मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट डा। देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको बताइन्छ ।

पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो । देवकोटालाई माओवादी, नेपाली काँग्रेस र माधव नेपाल पक्षको समर्थन रहने बताइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : ०४ बजे