साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आज राष्ट्रिय फुटबल टोली स्वदेश फर्किदै, स्वागतमा उपस्थित हुन आग्रह

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश आइपुग्ने भएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप २०२१ को उपविजेता बनेको नेपाली टिम सोमबार बिहान ९ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लनेछ । 

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३-०ले पराजित गर्दै भारतले आठौँपटक साफको उपाधिमा कब्जा जमाएको थियो । प्रतियोगिताको दोस्रो स्थानमा रहेर नेपाल २८ वर्षपछि पहिलोपटक उपाधि होडमा पुगेको थियो । तर, बलियो भारतविरुद्ध उत्कृष्ट प्रदर्शन नसक्दा नेपाल उपाधिबाट वञ्चित बन्यो ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले समर्थकहरुलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थलमा उपस्थित हुन आग्रह गरेका छन् । ‘सबै नेपाली समर्थकका लागि मेरो विशेष आग्रह छ । जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबैजना विमानस्थल पुगेर सम्मान गरिदिनु होला,' फाइनलपछि उनले भनेका थिए,‘यही स्तरमा निरन्तर खेलिरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ ।’

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ८ : ०३ बजे