यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन गर्दै 

काठमाडौँ । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ ।

एमालेले नेकपा एकतापछि अधिवेशन नभएका कारण एकै पटक देशभरका ६ हजार ७ सय ४५ वडामा कात्तिक ६ गते नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

मङ्सिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

कार्यालय सचिव तामाङका अनुसार वडा अधिवेशन सकिए लगतै कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुनेछ ।

कात्तिक ६ गते एकसाथ वडा अधिवेशन हुने र अधिवेशन तथा नेतृत्व चयन विधिका बारेमा केन्द्रबाट सामान्य मापदण्ड पठाइने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ४ : ०० बजे