साफ यू–१७ च्याम्पियनसिप आजदेखि

साफ च्याम्पियनसिप: भारतको विजय नेपाल उपविजेतामा सिमित

काठमाडौं – १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले उचालेको छ ।

माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा आज भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

नेपालले पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो भने ८९औं मिनेटमा भारतले पुनः गोल गरेर नेपाल ३–० अन्तरले हराएको छ । 

साफमा समूह चरणको खेलमा नेपालले चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेलमा बराबरी भएको  थियो । नेपालले बंगलादेशलाई लिग चरणको अन्तिम खेलमा १–१ को बराबरीमा रोक्दै फाइनल प्रवेश गरेको थियो ।

भारत विरुद्ध गोल गर्न नेपाली फुटबल टोलीलाई हम्मे हम्मे पर्यो । इतिहासमै पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो र उपविजेतामा सिमित रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १० : ४७ बजे