दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

छुरा प्रहार गरी बेलायती सांसदको हत्या

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको लेग अन सीमा शुक्रबार छुरा प्रहार गरी हत्या भएको थियो । आक्रमणमा मुस्लिम अतिवादीको सम्बन्ध रहेको हुन सक्ने महानगरीय प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक २५ वर्षीय बेलायतीलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा प्रहरी अधिकारीहरुले अहिले लन्डन क्षेत्रका दुई ओटा ठेगाना खोजी गरिरहेका छन् । सो हमला एक जना व्यक्तिले नै गरेको प्रहरीको विश्वास छ । तर, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका व्यक्ति इसेक्समा थुनामा छन् ।
 
उनी सोमालियाली मूलको बेलायती नागरिक भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । साउदइन्ड वेस्टबाट प्रतिनिधित्व गर्ने ६९ वर्षीय डेभिडको शुक्रबार एउटा चर्चमा चक्कु प्रहर गरी हत्या भएको थियो ।

-एजेन्सी

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : ०४ बजे