साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आज साफ च्याम्पियनसिपको फाइनल: नेपाल र भारत भिड्ने

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि आज नेपाल र भारत भिड्ने भएका छन् । 

मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने दाउमा छन् । भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको ह्ये । 

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा पुर्णरुपमा हाबी रहेकाे भारतले नेपालविरुद्ध १५ खेलमा जित हात पारेकाे छ भने ५ खेल बराबरी खेलेकाे छ । दुई खेलमा भने नेपाल विजयी भएकाे छ । यसै प्रतियाेगिताकाे लिग चरण‍काे खेलमा पनि भारतसँग नेपाल १-० ले स्तब्ध बनेकाे थियाे । 

नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले बाजी मारेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ३६ बजे