मन्थली विमानस्थलमा पानी पस्यो

दसैँ घर र पूजा कोठामा देवी विसर्जन, टीकाको तयारी

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज बिहान ८ः१९ बजे असोज २१ गते घटस्थापना गरी पूजा आराधना सुरु गरिएको नवदुर्गा देवीलाई विधिपूर्वक विसर्जन गरिएको छ ।

देवी बिजर्सजनका लागि बिहान ८ः१९ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यसै साइतमा हनुमान ढोका दरबार दसैँ घरमा देवी विसर्जन गरिएको छ । यसैगरी घर घरका पूजा कोठा एवं दसैँ घरमा पनि देवी विसर्जन गरिएको छ ।

विजयादशमीका दिन आज देवी विसर्जनअघि बिहान शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीसहित जया, विजया, अजिता, अपराजिता गरी १३ देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।रासस 

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : ४७ बजे