विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गाँजा भारततर्फ लैजाने नयाँ शैली

वीरगञ्ज – लागुऔषधका रूपमा प्रयोग गरिने गाँजा नेपालको बाटो हँुदै भारततर्फ भारतीय सवारी साधनमार्फत जाने गरेको नयाँ शैली सार्वजनिक भएको छ । पछिल्लो पटक पर्साको वीरगञ्जबाट प्रहरीले बेवारिसे अवस्थामा एनएल ०१ के ०७५४ भारतीय नम्बरको ट्याङ्करमा ग्यासको बुलेटभित्र लुकाई राखिएको अवस्थामा गाँजा फेला पारेपछि यस्तो नयाँ शैली सार्वजनिक भएको हो । 

पर्सा प्रहरीले बिहीबार दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका–२५ स्थित भन्सार कार्यालय वीरगञ्ज (आइसिपी) गेटनजिक ग्यासको बुलेटको ट्याङ्करमा लुकाइएको अवस्थामा १२० किलो लागु औषध गाँजा फेला परेको थियो । 

उक्त ट्रक र सो गाँजा नियन्त्रणमा लिई लागु औषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । 

ट्याङकरका चालक र सहचालक फरार छन् । गाँजा नेपालबाट  भारततर्फ लैजाने उद्देश्यले ट्रकमा लुकाइएको हुनसक्ने र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । 

रासस

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ८ : ५१ बजे