सुनको मूल्यमा नयाँ कीर्तिमान

मनकामना केबलकार दसैँमा आज र भोलि दुई दिन बन्द हुने

मुग्लिन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । 

मनकामना दर्शन प्रालिका अनुसार आज र भोलि (शुक्रबार) विजया दशमीका दिन मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको हो । 

अघिल्ला वर्षहरूमा दसैँको समयमा नवमी, दशमी र एकादशीसम्म तीन दिन बन्द हुने गरेको मनकामना केबलकार सेवा  यसपालिको दसैँमा दुई दिन मात्र बन्द गर्ने हुने भएको हो ।

कोरोना महामारी नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा पालना गर्दै वैशाख १५ देखि सेवा बन्द गरिएको थियो । भदौको अन्तिम सातादेखि सञ्चालनमा ल्याइएको थियो ।

केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ८ : २० बजे