नवलपरासी(पूर्व) – विनयी त्रिवेणी गाउँपालिका-३ देउराली टाँडी बस्ने ५४ वर्षीय बेद प्रसाद सुनारको कुखुरा फार्ममा तास खेलिरहेको अवस्थामा सुनार लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त फार्ममा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४ हजार ५ सय ५५ रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार ४ : २५ बजे
प्रतिक्रिया