‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सभामुख र सांसदहरुको आज कोरोना परीक्षण गरिँदै

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख र सांसदहरुको आज कोरोना परीक्षण हुने भएको छ । बैशाख २७ गते हुने प्रतिनिधिसभाको अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा आज र भोली बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पीसिआर परिक्षण गर्न लागिएको  छ । सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र संसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण हुनेछ । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालकसहितको पिसिआर परीक्षण भने भोलि गरिने संसद सचिवालयले जनाएको छ । अहिले सरकारका ३ मन्त्री खानेपानी मन्त्री मणि थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी र पर्यटनमन्त्री भानुभक्त ढकाल कोरोना संक्रमण भएर उपचारका क्रममा छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ३३ बजे