सुनको मूल्यमा नयाँ कीर्तिमान

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

डडेल्धुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४  बस केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।  

बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।  

बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : ५५ बजे