देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोरोना संक्रमणका कारण सल्यानमा थप दुई जनाको मृत्यु 

​​​​​​​सल्यान । कोरोना संक्रमणबाट सल्यानमा थप दुई जनाको मृत्यु भएको छ । 

जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

बागचौर नगरपालिका वडा न २ चिल्ढाले निवासी ५२ वर्षीया महिलाको बुधबार विहान मृत्यु भएको छ ।

मंगलबार दिउँसो टाउको दुख्ने ज्वरो आउने भएपछि अस्पताल ल्याइएकी उनको चेकजाँच गर्दा कोरोनना पोजेटिभ देखिएको थियो । संक्रमितको अस्पतालको आइसोलेशनमा उपचारकै क्रममा आज बिहान ७ः४० मा मृत्यु भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । 

यस्तै शारदा नगरपालिका १ श्रीनगरका ७४ वर्षीय पुरुष मंगलबार राती मृत्यु भएको छ । 

खोकी र श्वास फेर्न गाह्रो भएपछि १६ गते राती अस्पताल भर्ना भएका संक्रमितको कोभिडका कारण निमोनिया भई मंगलबार राती मृत्यु भएको हो ।

यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ 
 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : ०७ बजे