दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

रसुवा – दसैंमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर  स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

    सो नाकाबाट ठुलो परिमाणमा स्याउ भित्रिएसँगै दसैँका लागि नेपाली बजारमा फलपूmलको आपूर्ति व्यवस्था सहज हुने भएको छ । नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरागरी धमाधम काठमाडौँ लाने क्रम सुरू भइरहेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

    चाडपर्वमा फलपूmलको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोशाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातमा पहिलो प्राथमिकता दिँदै आएको पाइएको छ । आम उपभोक्ताको चाहना एवम् राजधानी काठमाडौँलगायत व्यवसायीक क्षेत्रको मागका आधारमा चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिनुभयो ।

    चीनको उत्पादक कम्पनी वा फर्मलाई नेपाली व्यवसायीले सामान अर्डर गरे पश्चात् ढुवानी सेवामा कार्यरत सबैभन्दा ठूलो  चिनियाँ  कम्पनी मुसा टान्सपोर्टले रसुवागढी पु¥याइ छिटोछरितो सेवा दिँदै आएको बताइएको छ ।

रासस 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : ४१ बजे