मन्थली विमानस्थलमा पानी पस्यो

उद्योग मन्त्री हमालद्वारा राजीनामा

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले चौतर्फी तीव्र विवाद भएपछि आज मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्री हमालले केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएको हो ।  

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमालले राजीनामा पत्र दिएर फर्किनुभएको छ ।  
 
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि विवादमा नफस्ने भन्दै उहाँले स्वविवेकले राजीनामा दिएको बताउनुभएको छ ।  उहाँ असोज २२ गते मन्त्री नियुक्त हुनुभएको थियो ।

मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ । हमाल मन्त्री भएपछि कानुनविद्हरूले समेत विरोध गरिरहेका छन् । 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : ३५ बजे