मन्थली विमानस्थलमा पानी पस्यो

उद्योग मन्त्री गजेन्द्र हमालले राजीनामा दिने

काठमाडौँ ।  नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गर्नुभएको छ । 

उद्योग मन्त्री नियुक्त भएको दुई दिनमै हमालले राजीनामा दिने घोषणा गर्नुभएको हो ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उहाँले राजीनामा दिने हुनुभएको हो ।

मन्त्री हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनुभएको छ  ।

उहाँ असोज २२ गते मन्त्री नियुक्त हुनुभएको थियो ।

मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ । हमाल मन्त्री भएपछि कानुनविद्हरूले समेत विरोध गरिरहेका छन् । 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : ५८ बजे