साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मनमोहन स्मृति अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका रु १५ लाख सहयोग

​​​​​​​काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि रु १५ लाख सहयोग गर्ने भएको छ ।  

महानगरपालिकाको तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालको तर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले सहयोग पत्रमा शुक्रवार हस्ताक्षर गर्नुभएको हो । 

सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चिकित्सक र बिरामी दुवैको आत्मविश्वास बढाउनका लागि सहयोग गरिएको उल्लेख गर्दै आत्मविश्वासले रोग छिटो निको हुने बताउनुभयो ।  

उहाँले प्रसिद्ध धार्मिक तथा ऐतिहासिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि रु एक करोड र सार्वजनिक ठाउँमा हरियाली पार्क निर्माणका लागि रु एक करोड यसअघि नै महानगरपालिकाले सहयोग गरिसकेको जानकारी दिनुभयो ।  

अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले अस्पतालको क्षमता विकास भएपछि काठमाडौँ, ललितपुर र मकवानपुरका बिरामीलाई उपचारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन रु १५ लाख अनुदान दिनेछ । 

अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ । सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित’ लेख्नुपर्नेछ । नगर साझेदारी कार्यक्रमअन्तर्गत सो सहयोग प्रदान गरिएको महानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : ३२ बजे