मन्थली विमानस्थलमा पानी पस्यो

वीरगञ्जमा उपेन्द्र यादवको पुत्ला दहन

वीरगञ्ज । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा मन्त्री बन्न नपाउने नेताहरुमा असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै केही नेता कार्यकर्ताले पर्साको वीरगञ्जमा जसपाको झण्डा र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।

पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोशित युवाको एक समुहले जसपाको झण्डा जलाउनुका साथै र अध्यक्ष यादवको पुत्ला जलाएको हो ।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उहाँकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । यसक्रममा सांसद यादवका कार्यकर्ता र समर्थकहरुले जसपा पार्टी कार्यालयको साइनबोर्डसमेत झिकेर जलाएका छन् ।

त्यस्तै, अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै समाजिक सञ्जालमा असन्तुष्टि पोख्नुभएको छ । त्यसैगरी अध्यक्ष उपेन्द्र यादवकै आफन्त अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ३३ बजे