‘एउटै नाउरको सिकार गर्न २३ लाख’

उपत्यकामा निषेधाज्ञा झनै कडाइ, अत्यावश्य किनमेल बिहान ९ बजेसम्म गरिसक्नुपर्ने

काठमाडौं । कोरोना संक्रमण दैनिक उकालो लाग्दै गएपछि काठमाडौं उपत्यकामा थप कडाइ गरिएको छ । यसअघि तीन जिल्लामा जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको संयुक्त बैठकले निषेधाज्ञामा झनै कडाइसहित एक साता थप गरी आगामी २९ वैशाखसम्म पु¥याउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमण गति बढ्न नदिन थप एक साता निषेधाज्ञा बढाइएको छ । अब अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कनसमेत पाइनेछैन । बिहान ७ बाट ९ बजेसम्म मात्रै किराना तथा खाद्य पसल खोल्न पाइने । सोही समयभित्र डिपार्टमेन्टल स्टोर तथा ग्रोसरी पनि सञ्चालन गर्न छुट दिइएको छ ।

बैठकले यसअघि जारी सबै किसिमका पास खारेज गर्ने निर्णयसमेत गरेको पराजुलीले जानकारी दिए । अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमालगायत कार्यालय एक चौथाइ कर्मचारी उपस्थित हुनेगरी सञ्चालन गर्न दिइने निर्णय भएको छ । त्यस्तै, पत्रकारले सूचना विभागको पासका आधारमा समाचार संकलन गर्न पाउने तथा सूचना विभागको प्रेसपास नभएकाको सञ्चारकर्मी/कर्मचारीको हकमा सम्बन्धित सञ्चार गृहले न्यूनतम कर्मचारी मात्र खटाउने र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयलाई गराउनुपर्नेछ बताईएको छ। मजदुर किसानको हकमा राहत प्याकेजको व्यवस्था गरिएको छ । पीडित मजदुर किसानले सम्बन्धीत वडा कार्यालयमा आफनो आवश्यकता दर्ता गराए राहत सामाग्री प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको पराजुलीले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ४२ बजे