साफ यू–१७ च्याम्पियनसिप आजदेखि

साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करण : नेपालको फाइनल पुग्ने कठिन यात्रा

 काठमाडौँं । दक्षिण एसिया महादेशको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करण असोज १५ गतेबाट मालदिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा सुरु भएको छ । ८ देश रहेको यस महादेशमा भुटान, पाकिस्तान र अफगानिस्तान प्रतियोगितामा सहभागी नहुने भएका छन् । भोलिको भारत विरुद्धको खेलले नेपालको इतिहासमा साफको उपाधि जित्ने तय हुने छ ।

लिग अन्तर्गत खेलिने यो खेलमा हरेक देशले प्रत्येक टिमसँग खेलिसकेपछि अङ्क तालिकाको शीर्ष दुई देशले फाइनलमा उपाधिका लागि भिडन्त गर्ने छन् ।

असोज ३० गते सकिने यो खेलमा, नेपालको सुरुवाती खेल नेपाल भन्दा निकै कठिन रहेको आयोजक देश मालदिभ्सलाई १—० ले हराउँदै विजय सुरुवात गरेको छ  । यसअघि साफमा कहिल्यै पनि नेपालले मालदिभ्सलाई हराउन सकेको थिएन । आयोजक देशलाई उसेको भूमिमा २२ वर्ष पछि कुवेती प्रशिक्षक अल्मुताइरीको कमान्डमा एक इतिहास रचेको छ । साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित श्रीलङ्कालाई ३—२ ले २२ वर्षमा हराउन सफल भएको छ । यो जितसँगै नेपाललाई फाइनल प्रवेश गर्ने ढोका खुलेको सोझै अनुमान गर्न सकिन्छ ।

नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा दुई खेल खेली ६ अङ्क जोड्न सफल रहेको छ । भने बङ्गलादेश ४ अङ्कसहित दोस्रा स्थानमा रहेको छ । मालदिभ्स ३ अङ्क सहित तेस्रो स्थानमा छ । भारत २ र श्रीलङ्का १ अङ्कसहित चौथो र पाँचौँ स्थानमा रहेको छन् ।

अब नेपालको सामना असोज २४ गते आइतबार भारतसँग र असोज २७ गते बंगालादेशसँग हुने छ । दुवै टिम नेपालको लागि कठिन साबित हुने छन् । भारत ७ पटकको च्याम्पियन हो । नेपाल यसपालि उपाधिको दाबेदार टोली हो । हालसम्म एक पटक पनि साफको फाइनल नपुगेको नेपालले यस पटक भने बलियो सम्भावना देखाएको छ । नेपाल ६ पटक सेमिफाइनलबाट नै बाहिरिएको थियो । नेपालको लागि यो खेल चुनौतीले भरिएको छ ।

२००३ को साफ च्याम्पियनसिप विजेता बङ्गलादेश पनि नेपालको लागि निकै सङ्घर्ष पूर्ण टिम हो । बङ्गलादेशलाई फाइनलमा स्थान बनाउन नेपालविरुद्ध जित निकाल्नु पर्नेछ । नेपालले आइतबार भारतको सामना गर्नेछ । नेपालले यदि यो खेलमा भारतलाई पराजित गरेमा सिधै फाइनलमा स्थान बनाउने छ । हालसम्म नेपालले भारतलाई पराजित गर्न सकेको छैन । साथै नेपाललाई पराजित गर्नु पर्ने भएकाले भारत पनि दबाबमा रहेको छ । भोलिको खेलले नेपालको अङ्क तालिका र फाइनलको यात्रा तय हुने भएकाले नेपाल र भारतका खेल सबैको नजरमा पर्ने भएको छ । भारत विरुद्ध जित्नकै लागि उच्च मनोबलका साथ मैदान प्रवेश गर्ने प्रशिक्षक अल्मुताइरीको भनाइ रहेको छ ।

भारतको कमजोर प्रदर्शनले नेपाललाई फाइनल पुग्न सजिलो भएको छ। साफ इतिहासमा अहिलेसम्म फाइनल पुग्न नसकेको नेपालले पहिलो पटक उपाधिको सपना देखिरहेको छ।  भने मालदिभ्सले बङ्गलादेशलाई २—० ले हराएपछि नेपाललाई फाइनल पुग्ने बाटो सहज बनेको हो।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : १३ बजे