साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कविता सङ्ग्रह ‘छन्द लहरी’ विमोचन

पाल्पा।  साहित्यकार गणेश आत्रेयद्वारा रचित कविता सङ्ग्रह ‘छन्द लहरी’ को पाल्पामा विमोचन भएको छ । 

साहित्यकार तथा पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सो कृतिको विमोचन गर्नुभएको हो । ‘छन्द लहरी’ मा १२१ कविता समेटिएको छ ।

धवल पुस्तकालय पाल्पाद्धारा आयोजित सो कार्यक्रममा कवितामा दार्शनिक चेतना, ईश्वरप्रतिको भरोसा, वर्तमान समाजमा देखिएको विकृतिप्रतिको चिन्ता, श्रमप्रतिको सम्मान, सामूहिक चेतना प्रतिबिम्वित रहेको ज्ञवालीले बताउनुभयो ।

साहित्य सिर्जनाले वर्तमान समाजमा सकारात्मक विचार प्रवाहित गर्नुका साथै आत्मविश्वास जगाउन सचेत रहनुपर्ने ज्ञवालीको धारणा थियो ।

वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले कवि आत्रेयको ‘छन्द लहरी’ कर्ममा आधारित चेतनामूलक कृति रहेको औल्याउनुभयो । 

साहित्यकार तथा समालोचक डा शङ्करप्रसाद गैरेले कृतिमा १२१ कविता समेटिएको पठनीय सामग्री रहेको बताउनुभयो ।

नेकपा एमालेका नेता ठाकुर गैरे, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष हरि भट्टराईलगायतले कृतिकारलाई साहित्यका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने भएकाले त्यसतर्फ  लेखनलाई जारी राख्नुपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १२ : ०७ बजे