दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

विषाक्त मदिराका कारण रुसमा चौधको मृत्यु

मस्को – विषाक्त मदिरा सेवनका कारण  रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथी कारबाही गराउन सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिइसक्नु भएको छ ।

ओर्सक सहरमा विषाक्त मदिरा बनाएको अभियोगमा २९ बर्षिय एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।  प्रारम्भिक अध्ययनले ठूलो मात्रामा मदिरा बनाएर बेचेको देखाएको पनि अनुसन्धानकर्ताहरुको भनाई छ । त्यसैका कारण अरु पनि धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरिएको छ ।

रासस÷एएफपी

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ५६ बजे