संघीय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक फिर्ता लिने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । 

प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सो विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ०३ बजे