मन्थली विमानस्थलमा पानी पस्यो

विरोध खतिवडा स्वास्थ्य मन्त्री, रामकुमारी पर्यटन

काठमाडौं– नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।

समाजवादीबाट खतिवडासँगै रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसान मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।

स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १ : ५० बजे