साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ – काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।  

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ । 

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो । 
 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : २० बजे