मन्थली विमानस्थलमा पानी पस्यो

राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवाबीच भेटवार्ता भएको छ । पछिल्लो समसामयीक बिषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुग्नुभएको हो ।

राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटवार्ता भर्खरै सकिएको राष्ट्रपति भण्डारीका  प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले चक्रपथलाई जानकारी दिनुभयो। राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब १ घण्टा भेटवार्ता भएको थियो ।

देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी छ। बालुवाटारमा विहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगाएको थियो। 

सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्। 

सबै दलहरुले प्रधानमन्त्री देउवालाई मन्त्रीको नाम बुझाइसकेका छन्। स्वकिय सचिव अधिकारीका अनुसार आज मन्त्रिपरिषद बिस्तारका बारेमा भने कुनै निर्णय नभएको बताउनुभयो । 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : २० बजे