परराष्ट्रमन्त्री खड्का आज सर्बिया जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज सर्बिया जाँदै छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णयनुसार मन्त्री खड्का सर्बियामा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उक्त बैठकमा १२० भन्दा बढी असंलग्न परराष्ट्र नीति अख्तियार गरेका राष्ट्रका परराष्ट्रमन्त्रीहरूको सहभागिता रहनेछ ।

मन्त्री खड्काको सचिवालयका अनुसार उनी राति ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्बियातर्फ प्रस्थान गर्नेछन् । मन्त्री खड्कासँगै निजी सचिव शिवानी बस्नेत, सहसचिव सेवा लम्साललगायत टोलीमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ०३ बजे