दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

टोकियो । जापानमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ । 

भूकम्पको केन्द्र विन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ ।  स्थानीय समयअनुसार बेलुका १०।४१ बजे भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले पनि भूकम्पको स्पष्ट महसुस गरिएको बताएका छन् । उनीहरू केही बेर त्रसितसमेत भएका थिए । 

भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो ।  भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।  रासस÷सिन्ह्वा

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ५८ बजे