नेकपा (एकीकृत समाजवादी)ले आज मन्त्रीको टुङ्गो लगाउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम आज टुङ्गो लगाउने भएको छ ।

आज बस्ने केन्द्रीय सचिवालय बैठकले मन्त्रीहरूको टुङ्गो लगाउने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

बिहीबार बसेको स्थायी कमिटी बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा  ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको थियो  । बिहीबार गठित  सचिवालयको आज बस्ने बैठकमा मन्त्रीहरूको नाम टुङ्गो लगाइने उहाँले बताउनुभयो ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार पार्टीले सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय पाउने भएको छ । 

उहाँले आज सबै गठबन्धन दलले सरकारमा सहभागी हुने मन्त्रीको नामावली बुझाएपछि मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।  

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ५१ बजे