सत्ता गठबन्धन: कुन दललाई कुन-कुन मन्त्रालय ?

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले भोलि मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने सहमति जुटाएकाे हाे । 

स्रोतका अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति भएको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्रीले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् । 

नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत राखेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउने भएको छ भने जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण पाउने सहमति भएको छ । साथै, एकिकृत समाजवादीले स्वास्थ्यसहित शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ ।

बिहीबार जुटेकाे सहमतिअनुसार शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र अपरान्ह ४ बजे शपथ गराउने गरी तयारी भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ११ : २७ बजे