सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पूर्वरानी र नेता खनालको स्वास्थ्यमा सुधार

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत  दुवैको स्वास्थ्यमा सुधार भइरहेको हो । 

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाका अनुसार अक्सिजनमा राखेर उपचाररत नेता खनालको स्वास्थ्यवस्था सुधारोन्मुख  छ । उहाँ कोरोना भाइरस सङ्क्रमण भई गत शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो । 

यस्तै प्लाज्मा थेरापी विधिबाट अस्पतालमा उपचार गराइरहनुभएका पूर्वरानी शाहको अवस्थामा पनि सुधार आएको उहाँले बताउनुभयो । गत बिहीबारदेखि पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो । अहिले पनि उहाँको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । 

 उहाँका अनुसार अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ । भारतको हरिद्वारमा भएको कुम्भमेलाबाट फर्किएपछि पूर्वराजारानीलाई सङ्क्रमण भएको थियो । 
 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : २८ बजे