दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

फ्रान्सले ५० लाख डोज कोभिड खोप चोर्‍योः बेलायत

बेलायत । आफ्नो देशतर्फ आउँदै गरेको करिव ५० लाख डोज कोभिड खोप फ्रान्सले ‘चोरेको’ बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरूमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षडयन्त्र गरेको बेलायतले आरोप लगाएको हो । 

बेलायततर्फ लैजाँदै गरिएको एस्ट्राजेनेकाको खोपको ठूलो व्याच नेदरल्याण्ड्सबाट ‘डाइर्भट’ गरिएको वेलायतको दाबी छ । राष्ट्रपति म्याँक्रोले एस्ट्राजेनेका खोप खासै प्रभावकारी नभएको भन्दै अफवाह चलाएको र युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयानले फाईजरलाई बेलायत पठाउन रोक्ने चेतावनी दिएको बेलायतको दाबी छ । 

२२ मार्चमा एस्ट्रजेनेकाका प्रमुखले लाखौं डोज खोप वेलायत पुग्ने अनुमान गरे पनि त्यो अन्तिम गन्तव्यमा नपुगी फर्काइएको बेलायतको दाबी छ । खोप फिर्ता हुँदा बेलायतलाई ठूलो नोक्सान भएको उसको भनाइ छ । तर, बेलायतको आरोपलाई एस्ट्रजेनेकाले अस्वीकार गरेको छ । 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ११ : ०५ बजे