सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

थप ७ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं –  नेपालमा आज थप ७ हजार ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालय अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ८७ हजार ७९० जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । हाल नेपालमा सक्रिय संक्रमितहरुको संख्या ५९ हजार ७९८ जना छन् ।

त्यस्तै आज थप ५५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : २६ बजे