सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा सम्लग्न

धादिङ – जिल्लामा कोरोना सङ्क्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी  बिरामीको उपचारमा सम्लग्न  छन् ।

 धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर  पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स– रे  गर्ने काम गरिरहनु भएको छ । उहाँले भन्नुभयो, “बिरामीको सेवा गर्न पाउँदा खुशी लागेको छ ।  कोरोनासँग जुध्न सामूहिक प्रयत्नको खाँचो रहेको छ । ”

उहाँ यही वैशाख १८ गतेदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइरहनुभएको छ । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड १९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् । 
 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : २२ बजे