नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको घरको चार तलाबाट खसेर मृत्यु

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्। निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं ७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १२ : १९ बजे