माओवादीले मन्त्रीको नाम टुंगो लगायो

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

यसअघि माओवादी केन्द्रबाट देउवा सरकारमा जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भइसक्नुभएको छ । आज थप तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो । यो सँगै माओवादीले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम टुंगो लगाएको छ ।
 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ३२ बजे