काठमाडौ – नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शुरू भएको छ ।
मन्त्रिपरिषदमा सहभागी हुने पार्टीका मन्त्रीको नाम तय गर्न पदाधिकारी बैठक बसेको हो । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो ।
रामचन्द्र पौडेल पक्षले सरकारमा दुई वटा मन्त्रालय पाउने सम्भावना छ । सभापति एवं प्रधानमन्त्री देउवाले सल्लाहा नै नगरी आफूखुशी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट रहँदै आएका थियो ।
प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार ५ : १७ बजे
प्रतिक्रिया