यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आफ्नै घर अगाडी गाडिएको अवस्थामा भेटियो नेत्रप्रसादको शव   (अपडेट)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १० स्थित पुरानो फनपार्क भन्दा माथि सिम्ले फाँटमा मारेर गाडिएको अवस्थामा फेला परेका व्यक्तिको पहिचान भएको छ ।  

स्थानीय वर्ष ५९ का  नेत्रप्रसाद दाहाललाई उनकै घर अगाडी मारेर  गाडिएको अवस्थामा फेला पारिएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।  

सिम्ले फाँटमा रहेको दाहालको घर अगाडि खुट्टाको औँलाहरू बाहिरबाटै देखिएको अवस्थामा  गाडिएको अवस्थामा आज बिहान शव फेला पारिएको थियो । गाडीएको शव स्थानीय नेत्रप्रसाद दाहालको भएको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : ०९ बजे