सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रहरीको काम प्रभावकारी : मुख्यमन्त्री शाक्य

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रहरीले आफ्नो छविमा व्यापक सुधार गरेको बताउनुभएको छ ।

प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाक्यले भौतिक तथा प्राविधिकरुपमा सम्पन्न नभए पनि प्रहरीले आफ्नो काम र सेवालाई प्रभावकारी बनाएको बताउनुभयो ।

मुख्यमन्त्री शाक्यले प्रहरीको व्यावसायिकता वृद्धि गर्न प्रदेश सरकार पूर्णरुपमा तयार रहेको धारणा राख्नुभयो । उहाँले प्रहरीभित्र भएका बेथितिलाई न्यूनीकरण गर्दै प्रहरी सङ्गठन व्यावसायिक, मर्यादित तथा सबैको सहयोगी सङ्गठनको रुपमा विकास हुनुपर्नेमा जोड दिनुभयो ।

आन्तरिक मामिला तथा कनूनमन्त्री डा अजयक्रान्ति शाक्यले प्रदेश सरकारले नेपाल प्रहरीका लागि ४० भन्दा बढी भवन निर्माण गरिसकेको तथा सवारीसाधन उपलब्ध गराएको र चालू आर्थिक वर्षका लागि रु ४५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । प्रदेश सरकारले प्रहरी ऐन जारी गरिसकेको अवस्थामा प्रहरी समायोजनको काम अगाडि बढाइनुपर्ने उहाँको धारणा थियो । प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजङ्ग कार्कीले प्रहरीको काम र सेवाको प्रभावकारिताबारे बोल्नुभएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ३ : ३४ बजे